SHARE
अन्नपूर्ण · शनिबार ८ कात्िक २०८२ १२:०७ AM · 1 मिनेट पढाइ

पाल्पामा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, ३ जना घाइते

तानसेन : पाल्पामा दुई मोटरसाइकल एक आपसमा ठक्कर हुँदा एक जनाको मृत्यु भएको छ। ३ जना घाइते भएका छन्। मृत्यु हुनेमा बगनासकाली गाउँपालिका-९ का २८ वर्षीय अर्जुन विक रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी होम प्रकाश चौधरीले जानकारी दिए। मृतक विक लु १३ प ८६३५ नम्बर मोटरसाइकलको पछाडि सवार थिए।