SHARE
अन्नपूर्ण · शुक्रबार​ ३१ असो २०८२ १२:०७ AM · 1 मिनेट पढाइ

विशेष होइन नियमित महाधिवेशनमै समझदारी गरौं : कार्यवाहक सभापति खड्का

काठमाडौं : नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नियमित महाधिवेशनमै समझदारी गर्नुपर्ने बताएका छन्। पार्टी कार्यालयमा जारी केन्द्रीय समितिको बैठकमा कार्यवाहक सभापति खड्काले मंसिरमा नियमित महाधिवेशनमा जोड दिनुपर्ने बताए।उनले विशेष महाधिवेशनका लागि विधानमा व्यवस्था भएअनुसार हस्ताक्षर आएको बताउँदै त्यसमा अध्ययन गरेर प्रक्रिया अगाडि बढाउने बताए।