जेनजी आन्दोलन: नवलपरासीमा २७ करोडको क्षति, व्यक्तिको मात्र १६ करोडको सम्पत्ति ध्वस्त
परासी : जेनजी प्रदर्शनका क्रममा नवलपरासीमा भएको तोडफोड र आगजनीबाट कुल २७ करोड बढीको क्षति भएको छ। जसमा १६ करोड बढी व्यक्तिका निजी सम्पत्ति ध्वस्त भएका छन्। राजनीतिक दलसहित संघ संस्थाको ५२ लाख बढीको क्षति भएको छ भने १० करोड बढीको सरकारी सम्पत्ति ध्वस्त भएको छ। प्रदर्शनमा सबैभन्दा बढी व्यक्तिगत सम्पत्ति १६ करोड ३६ लाख ४७ हजार र सरकारी सम्पत्ति १० करोड ३८ लाख ८१ हजार बराबरको क्षति भएको दाबी गरिएको छ।
