SHARE
प्रदेश खबर · आइबार​ ९ कात्िक २०८३ ११:०१ AM · 1 मिनेट पढाइ

सप्तकोशी पानीबोट दुर्घटनामा मृत्यु भएकी एक महिलाको पहिचान खुल्यो, दुई जनाको सनाखत हुन बाँकी

सुनसरी । सप्तकोशी नदीमा भएको पानीबोट दुर्घटनामा ज्यान गुमाउने तीन जनामध्ये एक जनाको पहिचान खुलेको छ। पहिचान खुल्नेमा सुनसरीको वराहक्षेत्र नगरपालिका–१ स्थित खारखोलाकी अन्दाजी ५० वर्षीया लीला राई रहेको चतरा अस्पताल प्रशासनले जनाएको छ।