SHARE
अन्नपूर्ण · आइबार​ ९ कात्िक २०८३ ११:०० AM · 1 मिनेट पढाइ

रोपाइँमा आकाशे पानीको भर, काट्नेबेला वर्षाको डर

सर्लाही : नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि क्षेत्र पछिल्लो समय जलवायु परिवर्तन र मौसमी अनिश्चितताको चपेटामा पर्दै गएको छ।कहिले समयमा पानी नपर्ने, कहिले लामो समयसम्म खडेरी पर्ने त कहिले बाली भित्र्याउने बेलामै अनपेक्षित वर्षा हुने समस्याले किसानको वर्षभरिको मेहनत जोखिममा पर्न थालेको छ। मौसमको यही फेरबदलले यतिबेला धान भित्र्याउने चटारोमा रहेका सर्लाहीका किसानलाई थप चिन्तित बनाएको छ।धान पाकेर खेत पहेँलपुर भएका छन्। कतै किसान पाकेको धान काट्न व्यस्त छन् भने कतै काटिसकेको धान खेतमै छरिएको छ।