श्रीमतीको हत्यापछि श्रीमानले गरे आत्महत्या, ४ वर्षीय छोरा पनि घाइते
धनुषा: धनुषामा दम्पतीबीच विवाद हुँदा श्रीमानले धारिलो हतियार प्रयोग गरी श्रीमतीको हत्या गरेका छन् भने त्यसपछि स्वयम् पनि आत्महत्या गरेका छन्।धनुषाको मिथिला बिहारी नगरपालिका–३, मिथिलेश्वर मौवाहीस्थित ससुराली गएको समयमा शनिबार राति ९ बजे विवाद हुँदा श्रीमती र छोरामाथि धारिलो हतियार प्रहार भएको थियो। घटनामा श्रीमतीको मृत्यु भएको छ भने छोरा गम्भीर घाइते भएका छन्।
