बेनिघाट-तातोपानी सडक खुल्यो
काठमाडौं : बूढीगण्डकी नदीमा आएको बाढीका कारण अवरुद्ध बेनीघाट-आरुघाट-लार्केभञ्ज्याङ सडक खण्डअन्तर्गत बेनिघाटदेखि तातोपानीसम्मको सडक खुलाउने काम सम्पन्न भएको छ।पूर्वाधार विकासमन्त्री सुनील लाम्सालका अनुसार खोर्लाबेसीमा अस्थायी डाइभर्सन निर्माण सम्पन्न भएपछि तातोपानी र आसपासका क्षेत्रमा सडक सफा गर्ने काम अघि बढाइएको थियो। बाढीले थुपारेको ढुंगा, माटो तथा गेग्रान हटाउने कामसमेत सम्पन्न भएको छ।
