एनपीएल ३ मा स्टार खेलाडीको चमक, कसले जित्ला उपाधि?
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण सोमबारदेखि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुँदैछ। पहिलो संस्करणको उत्साह र दोस्रो संस्करणको अनुभवपछि तेस्रो संस्करणमा प्रवेश गर्न लागेको प्रतियोगितामा यसपटक आठवटै टोली उपाधि लक्ष्यसहित मैदानमा उत्रने छन्।उपाधिको दौड यसपटक पहिलेभन्दा रोचक हुने देखिन्छ।
