SHARE
अन्नपूर्ण · सोमबार १० कात्िक २०८३ ०६:०० PM · 1 मिनेट पढाइ

पाल्पाका विभिन्न देवी मन्दिरहरूमा सराय तथा तरवार नाच

तानसेन : बडादसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाका दिन पाल्पाका कोतघर र देवी मन्दिरहरूमा 'वाख्खै हो' भन्दै तरवार नचाउँदै सराय नाच निकालिएको छ। यस वर्षको विजयादशमीको पूर्णिमा तिथि दुई दिन परेकाले आज अन्तिम दिन सबै देवीका मन्दिरहरूमा पूजाआजा गरी सराय निकाली यस वर्षको दसैँलाई बिदा गरिएको छ।देवी भगवती दुर्गाले राक्षस तथा असुरहरूलाई तरवारको प्रयोग गरी वध गरेर विजय प्राप्त गरेको सम्झनास्वरूप पाल्पाका गाउँगाउँमा रहेका मन्दिरहरूमा 'वाख्खै हो' भन्दै तरवार नाच देखाइएको हो।