ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु
विराटनगर : मोरङको उर्लाबारीमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ। दुर्घटनामा उर्लाबारी नगरपालिका–८ का करिब ५० वर्षीय लोकेन्द्र थापाले ज्यान गुमाएका हुन्।उर्लाबारी नगरपालिका–६ स्थित गोलचोकमा मंगलबार साँझ करिब ५ः५० बजेतिर दुर्घटना भएको मोरङ ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेले बताए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अन्नपूर्ण
