कर्णालीले जनकपुरलाई दियो १३३ रनको लक्ष्य
काठमाडौं : नेपाल प्रिमियर लिग(एनपीएल)को तेस्रो संस्करणको तेस्रो खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १३३ रनको विजयी लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवी क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ गरेको कर्णाली याक्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३३ रन बनाएको हो। कर्णालीका लागि ओपनर ब्याटर आरिफूल इस्लामले सर्वाधिक ४३ रन बनाए। उनले २९ बलमा ४ चौका प्रहार गरे। वान डाउन आएका दिपक प्रसाद डुम्रेले १३ रन बनाउँदा गुल्सन झाले १२ रन बनाए।
