पाल्पामा बसको ठक्करबाट एक महिलाको मृत्यु, एक घाइते
तानसेन : पाल्पा तिनाउ गाउँपालिका–३, माथिल्लो सिद्धबाबा तानसेन बुटवल सडकखण्डमा बसले स्कुटरलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने अर्की महिला घाइते भएकी छन् । दुर्घटनामा स्कुटरको पछाडि सवार गुल्मीको धुर्कोट गाउँपालिका–४ जैसीथोक निवासी ३७ वर्षीया माया कुँवरको मृत्यु भएको प्रहरीले जनाएको छ । कुवँरको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा मृत्यु भएको हो । स्कुटर चालक गुल्मीको इस्मा गाउँपालिका–४ निवासी ३६ वर्षीया केशरी कुँवर घाइते भएका थिईन।
