SHARE
अन्नपूर्ण · आइबार​ ९ कात्िक २०८३ ०९:०० AM · 1 मिनेट पढाइ

आज कोजाग्रत पूर्णिमा, दसैंको अन्तिम दिन

काठमाडौं : नेपालीहरूको महान् पर्व बडादसैं (दुर्गा पक्ष) आज धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना र रात्रि जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ ।आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा (कौमुदी पूर्णिमा) का अवसरमा आज साँझ महालक्ष्मीको विशेष पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो बडा दसैं पर्व समापन हुन्छ। धार्मिक विश्वासअनुसार आजको रात महालक्ष्मीले पृथ्वी भ्रमण गर्ने र जाग्राम बसेका भक्तजनका घरमा प्रवेश गरी धन तथा ऐश्वर्य प्रदान गरी सम्पन्न बनाउने गर्छिन्।