सुरुमै क्यान्सर पत्ता लागे पूरै स्तन काट्नु पर्दैन
महिलामा हुने विभिन्न क्यान्सरमध्ये पहिलो नम्बरमा स्तन क्यान्सर देखिएको छ, किन ? विगतमा महिलामा हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर पहिलो स्थानमा थियो। त्यतिबेला स्तन क्यान्सर प्रायः ६० वर्ष आसपासका महिलामा देखिन्थ्यो। स्तन क्यान्सरको सुरुवाती चरणमा स्पष्ट लक्षण नदेखिने हुँदा धेरै महिला ढिलो गरी उपचारका लागि अस्पताल पुग्थे। अहिले जनचेतना बढेसँगै नियमित स्वास्थ्य परीक्षण गर्न थालेका छन्। २० देखि ३० वर्ष उमेर समूहका युवतीमा समेत स्तन क्यान्सर देखिने गरेको छ।
