गगन थापाका निकट मानिने वीरबहादुर बने देउवा समूहको जिल्ला सभापति
काठ्माण्डौँ : ‘देशैभरि मसँग त त म म चल्ने पाँच जना मात्रै छन्, जसमध्ये वीरबहादुर विष्ट पनि एक हुन् । वीरबहादुर भनेको गगन हो, ढुक्क हुनुस्, तपाईंले वीरबहादुरलाई भोट हाल्नु भनेको गगनलाई भोट हाल्नु हो ।’२०७४ सालको निर्वाचनका क्रममा नेपाली कांग्रेसका नेता गगन थापाले बैतडीका विभिन्न ठाउँमा पुगेर वीरबहादुर विष्टको पक्षमा गरेको भाषणको आशय थियो यो। थापाले विष्टसँग आफ्नो निकट सम्बन्ध रहेको बताउँदै मतदातालाई उनीप्रति विश्वास गर्न आग्रह गरेका थिए ।
