सांसद थपलियाको डेरामा चोरी, सुन र नगदसहित तीन जना नियन्त्रणमा
काठमाडौं : नेपाली कांग्रेसकी समानुपातिक सांसद उर्मिला थपलियाको काठमाडौंस्थित डेरामा चोरी भएको घटनामा संलग्न रहेको आशंकामा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ ।काठमाडौं महानगरपालिका-१४, कलङ्कीस्थित थपलियाको डेराबाट दसैँको बिदाका बेला ८ तोला सुन र ८० हजार रुपैयाँ नगद चोरी भएको हो । परिवारका सदस्यहरू दसैँ मनाउन जिल्ला गएको मौका छोपेर चोरी भएको प्रहरीले जनाएको छ । घटनाबारे कात्तिक ५ गते प्रहरीलाई जानकारी गराइएको थियो ।
