SHARE
अन्नपूर्ण · सोमबार १० कात्िक २०८३ ०३:०० AM · 1 मिनेट पढाइ

भारतीय कांग्रेस अध्यक्ष खरगेको अभिव्यक्तिप्रति भाजपाको आपत्ति, देशव्यापी प्रदर्शन गर्ने घोषणा

काठमाडौं : भारतीय कांग्रेसका राष्ट्रिय अध्यक्ष मल्लिकार्जुन खरगेले प्रधानमन्त्री नरेन्द्र मोदीलाई लक्षित गर्दै दिएको विवादास्पद अभिव्यक्तिप्रति भारतीय जनता पार्टी (भाजपा) ले आपत्ति जनाएको छ । भाजपाले उक्त अभिव्यक्तिको विरोधमा सोमबार देशभर प्रदर्शन गर्ने घोषणा गरेको छ ।भारतीय सञ्चारमाध्यम पीटीआईका अनुसार भाजपाले आइतबार जारी गरेको विज्ञप्तिमा सबै राज्यका मुख्यालयमा प्रदर्शन गर्ने जनाएको छ । भाजपाले खरगेको अभिव्यक्तिलाई अभद्र र अमर्यादित भन्दै आलोचना गरेको छ ।