ब्राजिलको राष्ट्रपतीय निर्वाचनमा मतदान समय थप, लुला र बोल्सोनारोबीच प्रतिस्पर्धा
काठ्माण्डौँ : ब्राजिलमा राष्ट्रपति निर्वाचनअन्तर्गत मतदानको समय दुई घण्टा थपिएको छ । सिएनएनका अनुसार वामपन्थी राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा र पूर्वराष्ट्रपति जैर बोल्सोनारोका छोरा फ्लाभियो बोल्सोनारोबीच कडा प्रतिस्पर्धा भइरहेका बेला मतदानको समय थपिएको हो ।निर्वाचन अधिकारीहरूका अनुसार केही राज्यमा बस सञ्चालनमा देखिएका समस्या र भारी वर्षाका कारण मतदातालाई मतदान केन्द्रसम्म पुग्न कठिनाइ भएपछि दुवै पक्षले मतदान अवधि बढाउन माग गरेका थिए ।
