जापानका पूर्वप्रधानमन्त्री फुकुदाको ९० वर्षको उमेरमा निधन
काठमाडौं : जापानका पूर्वप्रधानमन्त्री यासुओ फुकुदाको ९० वर्षको उमेरमा निधन भएको छ। सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टीले उनको निधन भएको जानकारी दिएको छ।स्रोतका अनुसार, फुकुदाको गत बिहीबार मुटुको कार्यविफलता (हार्ट फेलियर)का कारण टोकियोमा निधन भएको हो। उनको अन्त्येष्टि परिवारका निकट सदस्यहरूको उपस्थितिमा निजी रूपमा सम्पन्न भइसकेको छ भने सार्वजनिक श्रद्धाञ्जली सभा पछि आयोजना गरिनेछ।फुकुदा सेप्टेम्बर २००७ मा प्रधानमन्त्री बनेका थिए।
