SHARE
अन्नपूर्ण · सोमबार १० कात्िक २०८३ ०५:०० PM · 1 मिनेट पढाइ

पाल्पामा अटो दुर्घटना हुँदा ६ जना घाइते, एकको अवस्था गम्भीर

काठमाडौं : पाल्पाको रैनादेवीछहरा गाउँपालिका–३, बल्गास्थित कच्ची सडकमा अटो दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। घाइतेमध्ये १ जनाको अवस्था गम्भीर रहेको छ।बल्गाबाट कटौजेतर्फ आउँदै गरेको (नम्बर नखुलेको) तीनपाङ्ग्रे अटो अनियन्त्रित भई सडकबाट करिब १५० मिटर तल खसेर दुर्घटना भएको हो। अटोमा चालकसहित ८ जना सवार थिए।