SHARE
अन्नपूर्ण · सोमबार १० कात्िक २०८३ ०४:०० PM · 1 मिनेट पढाइ

दसैंपछि खुलेको सेयर बजार नकारात्मक, कारोबार ४ अर्बमा सीमित

काठमाडौं : दसैंको बिदापछि खुलेको सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ। सोमबार नेप्से परिसूचक ४.३४ अंकले घटेर २६२९.८२  विन्दुमा अडिएको छ। यसदिन ३४१ वटा स्क्रिप्सको १ करोड ३ लाख  ४३ हजार ७०९ कित्ता सेयर ४ अर्ब २४ लाख १ हजार १६८ रुपैयाँमा खरिदबिक्री भए।आज एउटा मात्रै कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। बेनी हाइड्रोपावर प्रोजेक्टको सेयर १४.९९ प्रतिशतले बढ्यो।