प्रधानमन्त्री बालेन्द्र शाह एनपीएलको उद्घाटन खेलमा सहभागी हुने
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा प्रधानमन्त्री बालेन्द्र शाह उपस्थित हुने भएका छन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा उनले उद्घाटन खेलमा बल हस्तान्तरण गर्ने कार्यक्रम रहेको क्यानले जानकारी दिएको छ।एनपीएल आजदेखि सुरू हुँदैछ। उद्घाटन खेलमा बेलुका ५ बजे साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ।प्रधानमन्त्री बालेनले सामाजिक सञ्जालबाट पनि प्रतियोगिताको सफलताको शुभकामना दिएका छन्।
