SHARE
अन्नपूर्ण · सोमबार १० कात्िक २०८३ ०५:०० PM · 1 मिनेट पढाइ

एनपीएलको उद्घाटन समारोहमा पुगे प्रधानमन्त्री बालेन

काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेपाल प्रिमियर लिग (एनपीएल)को उद्‍घाटन समारोहका लागि कीर्तिपुर मैदान पुगेका छन्। प्रधानमन्त्री बालेनलाई नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्कालगायतले स्वागत गरेका थिए। प्रधानमन्त्री बालेनसँग शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल पनि सहभागी छन्।प्रधानमन्त्री बालेनले एनपीएलको उद्‍घाटन खेल खेल्न लागेका लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सका खेलाडीहरूसँग हात मिलाएका थिए।