SHARE
अन्नपूर्ण · सोमबार १० कात्िक २०८३ ०४:०० PM · 1 मिनेट पढाइ

जसले सप्तकोशीमा डुबेका ८ जनाको ज्यान बचाए

सुनसरी : सुनसरीको बराहक्षेत्र मन्दिरबाट भोजपुरको सिम्लेतर्फ गएर फर्किंदै गरेको मोटरबोट ससप्तकोशीमा दुर्घटनामा परेपछि नदीमा बगिरहेका यात्रुको उद्धारमा खटिएर खगेश श्रेष्ठले साहसिक काम गरेका छन्। दुर्घटनामा परेका यात्रुलाई बचाउन आफ्नो ज्यानको समेत पर्वाह नगरी नदीमा हामफालेका श्रेष्ठले आठ जनाको ज्यान बचाउन सफल भएका हुन्।आइतबार दिउँसो बराहक्षेत्रदेखि भोजपुरको सिम्लेसम्म नियमित रूपमा मोटरबोट चलाउँदै आएका श्रेष्ठ आइतबार पनि सात जना यात्रु बोकेर भोजपुरतर्फ जाँदै थिए।