SHARE
अन्नपूर्ण · सोमबार १० कात्िक २०८३ ०१:०० AM · 1 मिनेट पढाइ

१० महिनापछि स्वदेश फर्किइन् भेनेजुएलाकी विपक्षी नेतृ माचाडो

काठमाडौं : भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना माचाडो १० महिनाभन्दा बढी समय निर्वासनमा बिताएपछि स्वदेश फर्किएकी छन् । राजनीतिक तनावकाबीच आइतबार स्वदेश फर्किएकी माचाडोले सामाजिक सञ्जाल एक्समा ‘म यहाँ छु, तपाईँहरूसँगै’ भन्दै आफ्नो उपस्थिति सार्वजनिक गरेकी हुन् ।भेनेजुएलाका पूर्वराष्ट्रपति पदका उम्मेदवार तथा माचाडोका सहयोगी एडमुन्डो गोन्जालेजले पनि उनी स्वदेश फर्किएको पुष्टि गरेका छन् । उनले माचाडोलाई आफ्नो नेता भन्दै उनी भेनेजुएलाको भूमिमा फर्किएकोमा खुसी व्यक्त गरेका छन् ।