SHARE
अन्नपूर्ण · आइबार​ ९ कात्िक २०८३ १२:०० PM · 1 मिनेट पढाइ

आँखालाई माया गरौं, दृष्टि जोगाऔं

आँखा रातो हुने, बारम्बार चिप्रा लाग्ने, आँसु बग्ने वा धमिलो देखिने समस्या छ ?   यदि यस्ता लक्षणहरू देखिएका छन् भने बेवास्ता नगर्नुहोस्। विशेषगरी बालबालिकाको आँखामा देखिने समस्याको समयमै पहिचान गर्न सके दृष्टि गुम्नबाट बचाउन सकिन्छ। आँखाले राम्रैसँग देखिरहेको छ भन्दैमा आँखाको स्वास्थ्यमा कुनै समस्या छैन भन्ने हुँदैन। कतिपय आँखाका रोग सुरुवाती अवस्थामा स्पष्ट लक्षणबिना पनि विकसित हुन सक्छन्। त्यसैले आँखामा समस्या भएपछि मात्र होइन, नियमित रूपमा जाँच गराउनु पनि उत्तिकै महत्वपूर्ण छ।