SHARE
अन्नपूर्ण · आइबार​ ९ कात्िक २०८३ १२:०० PM · 1 मिनेट पढाइ

दसैंपछि सुनको मूल्य ११ हजार ७०० रुपैयाँले घट्यो, कति पुग्यो तोलाको ?

काठमाडौं : दसैं बिदापछि पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको मूल्यमा ठूलो गिरावट आएको छ। यस दिन सुनको मूल्य प्रतितोला ११ हजार ७०० रुपैयाँले घटेको हो।नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७८ हजार ५०० रुपैयाँ कायम भएको छ। यसअघि असोज ३० गते सुनको मूल्य प्रतितोला २ लाख ९० हजार २०० रुपैयाँ पुगेको थियो।सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ। महासंघका अनुसार आइतबार चाँदीको मूल्य प्रतितोला ७९४ रुपैयाँले घटेर ३ हजार ३९१ रुपैयाँ कायम भएको छ।