SHARE
अन्नपूर्ण · आइबार​ ९ कात्िक २०८३ १०:०० AM · 1 मिनेट पढाइ

चुनावको मुखैमा नेतान्याहू सरकारविरुद्ध हजारौं इजरायली उत्रिए सडकमा

काठमाडौं: इजरायलमा संसदीय निर्वाचन हुनु तीन दिन मात्र बाँकी रहँदा शनिबार राजधानी तेल अभिभमा हजारौं मानिसले प्रदर्शन गरेका छन्।प्रदर्शनकारीहरूले प्रधानमन्त्री बेन्जामिन नेतान्याहू नेतृत्वको सरकारसँग सन् २०२३ अक्टोबर ७ मा भएको हमास आक्रमणसँग जोडिएका सुरक्षा त्रुटिहरूको स्वतन्त्र छानबिन गर्न माग गरेका छन्।समाचार एजेन्सी एएफपीका अनुसार 'अक्टोबर काउन्सिल' नामक समूहद्वारा आयोजित उक्त प्रदर्शनमा चार प्रमुख विपक्षी दलका नेताहरू सहभागी थिए।