SHARE
अन्नपूर्ण · आइबार​ ९ कात्िक २०८३ ०७:०० PM · 1 मिनेट पढाइ

कर्णाली याक्सबाट खेल्न मार्क वाट नेपाल आइपुगे

काठमाडौं : कर्णाली याक्समा अनुबन्ध भएका मार्क वाट नेपाल आइपुगेका छन्। आइतबार बिहान उनी तेस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्। उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रा।लीका प्रतिनिधिले स्वागत गरे। ३० वर्षीय वाटले स्कटल्यान्डको लागि ट्वान्टी २० आईमा ८३ खेल खेल्दा ९४ विकेट लिएका छन् । त्यस्तै तीन सय २१ रन बनाएका छन्। समग्रमा उनले ट्वान्टी २० मा १३१ खेल खेल्दा १२३ विकेट लिनुका साथै ४०३ रन बनाएका छन्।