एनपीएल तेस्रो सिजनको पूर्वसन्ध्यामा यस्तो देखियो टियु रंगशाला (फोटो फिचर)
काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को तयारी पूरा भएको जनाएको छ। आइतबार टीयु क्रिकेट मैदानमा पत्रकार सम्मेलन गर्दै क्यानले सोमबारदेखि सुरु हुने एनपीएलको तयारी पूरा भएको जनाएको हो। एनपीएलको तेस्रो संस्करणको विजेताले १ करोड ५० लाख र उपविजेताले ८० लाख तथा तेस्रो हुनेले ४० लाख र चौथो हुनेले ३० लाख रुपैयाँ प्राप्त गर्ने क्यानले जनाएको छ।
