SHARE
अन्नपूर्ण · आइबार​ ९ कात्िक २०८३ ०७:०० PM · 1 मिनेट पढाइ

बाढीले थुपारेका सामग्री उत्खनन नगर्न विदुर नगरपालिकाको चेतावनी

नुवाकोट : नुवाकोटको विदुर नगरपालिकाले भोटेकोशी नदीले थुपारेका सामग्रीहरूको उत्खनन नगर्न सचेत गराएको छ। प्रभावित क्षेत्रमा बाढीले बगाएर ल्याएका काठ, दाउरा, कवाडीजन्य वस्तु तथा अन्य सामग्रीहरू आफूखुसी सङ्कलन र ओसारपसार नगर्न नगरपालिकाले आग्रह गरेको हो।नगरपालिकाले सूचना जारी गर्दै यस्ता सामग्रीहरूको उत्खनन, सङ्कलन तथा ढुवानी गर्नुअघि नगरपालिकाको अनुमति लिनुपर्ने स्पष्ट पारेको छ।