मधेसमा स्थानीय चुनावको चटारो : सामाजिक सञ्जालबाट जनमत खोज्दै आकांक्षी
जनकपुरधाम : स्थानीय तहका जनप्रतिनिधिहरूको पाँचवर्षे कार्यकाल आउँदो वैशाखमा सकिँदै छ। आगामी निर्वाचनका लागि समय नजिकिँदै गर्दा जनस्तरमा चहलपहल र आकांक्षीहरूको सक्रियता बढ्न थालेको छ।सरकारले स्थानीय तह तथा प्रदेशसभा निर्वाचनको औपचारिक मिति घोषणा नगरे पनि निर्वाचन आयोगले फागुनमै निर्वाचन गर्न आफू तयार रहेको संकेत दिएपछि आकांक्षीहरू पनि सोहीअनुसार जनमत बुझ्न प्रयत्नरत छन्।
