SHARE
अन्नपूर्ण · आइबार​ ९ कात्िक २०८३ ०२:०० PM · 1 मिनेट पढाइ

आज कोजागत पूर्णिमा, दसैं समापन गरिँदै

काठमाडौं : आश्विन शुक्ल चतुर्दशी र पूर्णिमाका दिन आइतबार काठमाडौं उपत्यकामा निकै चहलपहल देखिएको छ । नवदुर्गाको प्रसाद स्वरुप टीका लगाउन र आशीर्वाद थाप्न मान्यजनका घरमा जाने अन्तिम दिन भएकाले सडकमा टीका थाप्न हिँड्नेको चहलपहल देखिएको हो । विजयादशमीका दिन कात्तिक ४ गते १० दिनसम्म पूजाआराधना गरी देवी विसर्जन गरेपछि सुरू भएको प्रसाद लगाउने र मान्यजनबाट आशीरवाद लिने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ ।कोजाग्रत पूर्णिमापछि दसैं समापन हुन्छ ।