ललितपुरको कुसुन्तीमा लिफ्टसहितको आकाशे पुल निर्माण अन्तिम चरणमा
काठमाडौं : ललितपुरको कुसुन्तीमा लिफ्टसहितको आकाशे पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।कुनै अवरोध नआए निर्माण कार्य एक महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको ललितपुर महानगरपालिकाले जनाएको छ। सडक पार गर्ने क्रममा अकस्मात दुर्घटनामा परी १९ जनाले ज्यान गुमाइसकेकाले स्थानीय वडावासी र नगरवासीहरूको विशेष अनुरोधमा कुसुन्तीमा लिफ्टसहितको आकाशे पुल निर्माण गरिएको ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले जानकारी दिए।
