गोरखाको चुम उपत्यका जाने अस्थायी बाटो खुल्यो
गोरखा : विगत १५ दिनदेखि बन्द अवस्थामा रहेको चुम उपत्यका जाने अस्थायी बाटो खुलेको छ। स्यार खोलामा चारवटा फड्के निर्माण सम्पन्न गरेपछि आइतबार दिउँसोबाट चुम उपत्यकामा मानिस तथा खच्चड हिँड्न सक्ने भएको स्थानीय सेराप गुरुङले जानकारी दिए।गत असोज २५ गते आएको हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि आएको बाढीले सर्दीभीरको क्यान्टिभर पुल बगाएर चुम उपत्यका आवतजावत गर्न नसकिने अवस्थामा पुगेको थियो।
