SHARE
अन्नपूर्ण · आइबार​ ९ कात्िक २०८३ ०५:०० PM · 1 मिनेट पढाइ

सप्तकोशीमा मोटरबोट दुर्घटना (अपडेट) : तीनजनाको मृत्यु, १२ को उद्धार,चार बेपत्ता

सुनसरी : सुनसरीको बराहक्षेत्र मन्दिरबाट भोजपुरको त्रिवेणीतर्फ जाँदै गरेको मोटरबोट सप्तकोशी नदीमा दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। दुर्घटनामा परेका १२ जनाको सकुशल उद्धार गरिएको छ भने चार जना बेपत्ता छन्।आइतबार भएको दुर्घटनामा मोटरबोटमा १९ जना यात्रु सवार रहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक विक्रम भट्टराईले जानकारी दिए। उनका अनुसार १२ जनाको सकुशल उद्धार गरिएको छ भने बेपत्ता चारजनाको खोजी भइरहेको छ।मृतक तीनैजनाको शव चतरा अस्पतालमा राखिएको छ।