राष्ट्रपति पौडेलद्वारा नवदुर्गा भवानीको पूजाअर्चना
भक्तपुर : राष्ट्रपति रामचन्द्र पौडेलले भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पुगेर नवदुर्गा भवानीको पूजाअर्चना गरेका छन्।बडादसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाका अवसरमा आइतबार राष्ट्रपति पौडेलले प्रथम महिला सविता पौडेलसहित नवदुर्गा भवानीको पूजाअर्चना गरेका हुन्। भक्तपुरको नवदुर्गा मन्दिर परिसरमा अपराह्न राष्ट्रपति पौडेललाई मन्दिर व्यवस्थापन समितिका पदाधिकारी, भक्तपुर जिल्ला सुरक्षा समितिका पदाधिकारी, जनप्रतिनिधि तथा स्थानीयहरूले स्वागत गरेका थिए।
