SHARE
अन्नपूर्ण · आइबार​ ९ कात्िक २०८३ ०५:०० PM · 1 मिनेट पढाइ

नियोफिन हायर पर्चेज एनपीएलको अफिसियल प्लेटिनम क्याप स्पोन्सर

काठमाडौं :  नियोफिन हायर पर्चेज प्रालि, क्रिकेट एसोसिएसन अफ नेपाल (CAN) र टिसिएम स्पोर्ट्स मार्केटिङ प्रालिबीच त्रिपक्षीय सम्झौता सम्पन्न भएको छ। उक्त सम्झौता बमोजिम नियोफिन हायर पर्चेज प्रालि आगामी ३ वर्षका लागि नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत सञ्चालन हुने Twenty20 क्रिकेट प्रतियोगिताको अफिसियल प्लेटिनम क्याप स्पोन्सर (Official Platinum Cap Sponsor)बनेको छ।