स्याङ्जाको कालीगण्डकी नदीमा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी
स्याङ्जा : स्याङ्जाको कालीगण्डकी नदीमा एक पुरुषको शव भेटिएको छ। कालीगण्डकी गाउँपालिका–१, पुल क्याम्पस्थित कालीगण्डकी नदीमा पहिचान नखुलेका पुरुषको शव फेला परेको हो।नदीको बीच भागमा रहेको ढुङ्गामा अड्किएको अवस्थामा अन्दाजी ४० वर्षका पुरुषको शव भेटिएको प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीले दिए। शुक्रबार बिहान १०ः४५ बजे भेटिएको शवको जाँच मुचुल्का लगायत आवश्यक प्रक्रिया पूरा गरी प्राथमिक स्वास्थ्य केन्द्र, वालिङमा राखिएको छ। घट्नाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
