SHARE
अन्नपूर्ण · आइबार​ ९ कात्िक २०८३ ०१:०० PM · 1 मिनेट पढाइ

आगलागीबाट घर जलेर नष्ट

संखुवासभा : संखुवासभाको मकालु गाउँपालिका वडा नं. ४ निबारेमा आइतबार बिहान आगलागी हुँदा एक घर जलेर पूर्ण रूपमा नष्ट भएको छ।स्थानीय ललित राईको घरमा बिहान करिब ८ बजे आगलागी भएको हो। पीडित राईका अनुसार बिहान चुलोमा खाना पकाउन छाडेर अलैँची टिप्न गएका बेला अचानक आगलागी भएको थियो।उनका अनुसार घरभित्र रहेका सम्पूर्ण लत्ताकपडा, खाद्यान्न तथा जिन्सी सामग्री जलेर नष्ट हुँदा करिब ४० देखि ४५ लाख रुपैयाँ बराबरको क्षति भएको छ।