SHARE
अन्नपूर्ण · आइबार​ ९ कात्िक २०८३ ०८:०० AM · 1 मिनेट पढाइ

हुथीद्वारा साउदीका रणनीतिक तेल पूर्वाधार र विमानस्थलहरूमा भीषण आक्रमणको दाबी

काठमाडौं : यमनका हुथी विद्रोहीहरूले साउदी अरबको रणनीतिक 'पूर्व-पश्चिम'  तेल पाइपलाइन, विभिन्न तेल प्रशोधन केन्द्र तथा मुख्य अन्तर्राष्ट्रिय विमानस्थलहरूलाई लक्षित गरी आक्रमण गरेको दाबी गरेका छन्।थी सैन्य प्रवक्ता याह्या सारीले एक विज्ञप्ति जारी गर्दै साउदी अरबका धेरै संवेदनशील तथा रणनीतिक स्थानहरूमा आफ्नो समूहले ब्यालेस्टिक मिसाइल र ड्रोनमार्फत निशाना बनाएको जानकारी दिएका छन्।