SHARE
अन्नपूर्ण · आइबार​ २ कात्िक २०८३ ०५:०० PM · 1 मिनेट पढाइ

प्यूठान कारागारमा झुन्डिएको अवस्थामा कैदी मृत फेला

प्यूठान : जिल्ला कारागार प्यूठानमा कैद भुक्तान गरिरहेका एक कैदी कारागारभित्रै झुन्डिएको अवस्थामा फेला परेका छन्।गौमुखी गाउँपालिका–३ घर भएका २७ वर्षीय ओमबहादुर घर्ती आइतबार दिउँसो २:३५ बजे कारागार कार्यालयको बाथरुमभित्र कपडा झुण्ड्याउने हुकमा प्लास्टिकको डोरीले झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी प्रहरी निरीक्षक कौषलराज पराजुलीले जानकारी दिए।