SHARE
अन्नपूर्ण · आइबार​ २ कात्िक २०८३ ०६:०० PM · 1 मिनेट पढाइ

भारतीय गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, दुई जना घाइते

काठमाडौं : बारामा भारतीय गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। महागढीमाई नगरपालिका–१, हुलाकी राजमार्गस्थित प्लाई फ्याक्ट्री चोकमा भएको दुर्घटनामा मोटरसाइकल चालक कलैया उपमहानगरपालिका–२१ का १७ वर्षीय धिरज यादवको मृत्यु भएको हो। गम्भीर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटनामा परी घाइते हुनेमा मोटरसाइकल पछाडि सवार भोडहाका १६ वर्षीय नगेश साह र १८ वर्षीय अरुण यादव रहेका छन्। उनीहरुको एलएस न्युरो अस्पतालमा उपचार भइरहेको छ।