मकवानपुरको भीमफेदीमा ईभी गाडी दुर्घटना, ११ जना घाइते
काठमाडौं : मकवानपुरमा ईभी गाडी दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। आइतबार दिउँसो भीमफेदी–१ बादरेभीर स्थित हेटौडा भैंसे सडक खण्डमा काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बा. प्र. ०३–००१ ज ०६७४ नम्बरको गाडी दाहिने भित्तामा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ। घाइतेहरुको तत्काल उद्वार गरी उपचारका लागि हेटौडा अस्पताल पठाइएको थियो। दुर्घटनापश्चात् चालक फरार रहेको र खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।
