चर्चित बलिउड अभिनेता टाइगर श्राफमाथि गोली प्रहार
काठमाडौं : चर्चित बलिउड अभिनेता टाइगर श्राफमाथि गोली प्रहार भएको घटना सार्वजनिक भएको छ। भारतीय सञ्चारमाध्यम एबीपी लाईभका अनुसार मुम्बईको जुहूस्थित पुष्पा पार्कमा उनीमाथि गोली प्रहार भएको हो। मोटरसाइकलमा आएका तीन जना अज्ञात व्यक्तिहरूले उनीमाथि गोली चलाएका हुन्। उक्त गोलीबारीको वास्तविक कारण भने अहिलेसम्म खुल्न सकेको छैन। घटनापछि प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान अघि बढाएको छ।यस्तै, आक्रमणमा संलग्न फरार अभियुक्तहरूको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।
