SHARE
अन्नपूर्ण · आइबार​ २ कात्िक २०८३ ०७:०० PM · 1 मिनेट पढाइ

अफगानिस्तान-पाकिस्तान सीमामा झडप, तर दाबी फरक-फरक

काठमाडौं : अफगानिस्तान र पाकिस्तानको सीमामा झडप भएको खबर सार्वजनिक भएको छ। घटनाबारे दुवै पक्षले फरक-फरक दाबी गरेका छन्।अफगानिस्तानको सरकारी समाचार संस्था बख्तरका अनुसार पक्तिया प्रान्तमा अफगान सुरक्षा बल र पाकिस्तानी सेनाबीच केही घण्टासम्म भिडन्त भएको थियो।तालिबान सरकारका स्रोतलाई उद्धृत गर्दै बख्तरले झडपमा सात पाकिस्तानी सैनिक मारिएको दाबी गरेको छ। उक्त दाबीको स्वतन्त्र पुष्टि हुन सकेको छैन।