SHARE
अन्नपूर्ण · आइबार​ २ कात्िक २०८३ ०८:०० PM · 1 मिनेट पढाइ

भारतीय इन्फ्लुएन्सर श्रद्धा दुबे एक व्यापारीको हत्या आरोपपछि भागेर नेपालमा लुकेकी हुन्?

काठमाडौं : भारतको उत्तर प्रदेशस्थित लखनउका व्यवसायी शिवा शर्माको शंकास्पद मृत्यु प्रकरणमा आरोपित सामाजिक सञ्जाल इन्फ्लुएन्सर श्रद्धा दुबे पहिलोपटक सञ्चारमाध्यमसामु आएकी छन्। उनले आफूमाथि लागेको हत्या आरोप अस्वीकार गर्दै शिवाले भवनको चौथो तलाबाट हाम फालेको दाबी गरेकी छन्।आइतबार (अक्टोबर १८) सञ्चारमाध्यमसामु आफ्नो पक्ष राख्दै श्रद्धाले घटनास्थलमा जडान गरिएका सीसीटीभी क्यामेराको फुटेज सार्वजनिक गर्न माग गरिन्। उक्त फुटेजबाट घटनाको वास्तविकता बाहिर आउन सक्ने उनको भनाइ छ।