लुम्बिनी प्रदेश: उत्कृष्ट आधारभूत विद्यालयका रूपमा बाणगंगा वडा न. ८ को सूर्योदय आधारभूत विद्यालय
कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका–८, चप्परगाउँस्थित श्री सूर्योदय आधारभूत विद्यालय प्रिन्सिपल्स एसोसिएसन नेपाल (पान) को तेस्रो राष्ट्रिय सम्मेलन–२०८३ का लागि लुम्बिनी प्रदेशबाट उत्कृष्ट आधारभूत विद्यालयका रूपमा छनोट भएको छ । त्यस्तै, स्थानीय सरकार पुरस्कार विधामा कपिलवस्तुकै शिवराज नगरपालिका पनि छनोटमा परेको छ ।
