SHARE
अन्नपूर्ण · बिहीबार २९ असो २०८३ १२:०० PM · 1 मिनेट पढाइ

जलवायु परिवर्तनले नेपालमा पारेको क्षतिबारे संसदीय समितिमा छलफल हुँदै

काठमाडौं : विश्वव्यापी जलवायु परिवर्तनका कारण नेपालमा हालै भएको क्षति र आगामी दिनमा हुने अन्तर्राष्ट्रिय जलवायु सम्मेलनमा नेपालको कूटनीतिक प्रवर्द्धनका विषयमा संसदीय समितिमा छलफल हुने भएको छ।संघीय संसद्अन्तर्गतको विकास,आर्थिक मामिला तथा सुशासन समितिको बैठक असोज २९ गते बिहीबार दिउँसो १ बजे बस्दैछ।