SHARE
काठमाण्डुपाटी · बुधबार २८ असो २०८३ ०५:३१ AM · 1 मिनेट पढाइ

खेल राजनीतिबाट कांग्रेसतिर कर्माछिरिङ, केन्द्रीय सदस्यमा निर्वाचित

काठमाण्डु- अखिल नेपाल फुटबल संघ (एन्फा)का निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । कांग्रेसको १५औँ महाधिवेशनमा शेर्पाले आदिवासी जनजाति क्षेत्रबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका थिए । आदिवासी जनजाति क्षेत्रबाट शेर्पासँगै १२ जना सदस्य पदमा निर्वाचित भएका छन् । यस समूहमा ४१ जनाले प्रतिस्पर्धा गरेका थिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी